Thursday 2013 Jun 20
कालीगण्डकी कोरिडोरको ट्रयाक अझै पुरा भएन
दश बर्ष अघि देखि निर्माण शुरु भएको कालीगण्डकी कोरिडोर अझै सम्पन्न नभएको भन्दै सरोकारवालाहरु आन्दोलित भएका छन् । ट्रयाक खोलेर कच्ची सडकको रुपमा भएपनि सवारी संचालन गर्न उनीहरुले सरकारी निकाय र दलीय प्रतिनिधिहरुलाइ माग गरेका हुन् । दुवै जिल्लाका प्रभावितहरुले सडक संचालन गर्ने गरी काम थाल्नुपर्ने निर्णय गरिएको सरोकार समितिका अध्यक्ष टिकाराम ढकालले बताउनु भयो । सुनौली देखि गुल्मी, बागलुङ हु“दै मुस्ताङको लोमान्थाङ पुग्ने निर्माणाधिन कोरिडोर संचालन भएमा भारतीय हिन्दु र चिनिया बौद्धमार्गीहरुलाइ पनि छोटो दुरीमा नेपाल भित्राउन सकिने भएपछि दुइ जिल्ला बासीले चासो देखाएको ढकालले बताउनुभयो । अहिले सम्म दुवै जिल्लाको अधिकांस स्थानमा ट्रयाक खुलेपनि गुल्मी तर्फ ५ र बागलुङ तर्फ १५ किमी ट्रयाक खोल्न बा“की रहेको कोरिडोर आयोजनाका निर्देशक प्रकाश उपाध्यायले बताए । बागलुङको जैदी, विनामारे र छिस्ती गाविसमा ट्रयाक खोल्न बा“की रहेको हो भने गुल्मीको खड्ककोटमा बा“की छ । बागलुङ उद्योग बाणिज्य संघको अगुवाइमा दुवै जिल्लाका सरोकारवालाले उक्त मार्ग तत्काल संचालन हुने गरी काम गर्न निर्देशक उपाध्याय, दुवै जिल्लाका क्रियाशिल दलका प्रमुखहरु तथा सरोकार राख्ने कार्यालय प्रमुखहरुलाइ समेत ध्यानाकर्षण गराएका हुन् । यो बर्ष आंसिक बजेट आएकोले कोरिडोरलाइ आवस्यक बजेट नभएकोले सरोकारवालाले पूर्ण बजेट आउदा नियमित बाहेक अन्य बजेट पनि विनियोजन गरिनुपर्ने उनीहरुको माग छ । अहिले सम्म कालीगण्डकी कोरिडोर अन्र्तगत नवलपरासीको गैडाकोट देखि राम्दी सम्म एकसय ३० किमी, राम्दी देखि गुल्मी हु“दै बागलुङ सम्म ८० किमी, बागलुङ देखि वेनी १८ किमी, वेनी देखि लोमान्थाङ सम्म ७२ किमी र लोमान्थाङ देखि कोरला नाका सम्म एकसय १५ किमी गरी चारसय १५ किमी मध्ये अधिकांस स्थानमा सडकको ट्रयाक खुलिसकेको हो । हरेक बर्ष दश करोड रुपैया“ विनियोजन गर्ने सरकारी निर्णयले सडकको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको उपाध्यायले बताउनु भयो ।
Program Schedule
On Air Now
Listen Now
Quick Contact
 
Advertisement